
काठमाडौं,२७ असोज। पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले साइबर ब्यूरोमा उजुरी दिएको छ।
सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत संयोजक प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेको भन्दै साइबर ब्युरोमा उजुरी गरेको जानकारी दिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सचिवालयले झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको बताएको छ।
संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ।

