


भैरहवा,२७ असोज। भैरव युवा क्लब, नयाँ गाउँ, रानी गाउँ पक्लिहवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको भएको क्लबका अध्यक्ष याम बहादुर थापाले बताए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गले क्लबले स्थापनाको छोटो समयमा खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापका अतिरिक्त रक्तदान जस्तो पवित्र कार्य गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण कार्य गरेको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका सभापति राकेश गुरुङ्ग, आमा समाजका अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ्ग, सिनपा वडा नं.१३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, गाउँ समाजका सचिव नन्द बहादुर राना, समाजसेवी तेजेन्द्र गुरुङ्ग, मोहनसिंह शाही, जितेन्द्र गुरुङ्ग, श्याम गुरुङ्ग, श्रद्धा गुरुङ्ग, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर लगायतको सहभागिता रहेको थियो।

रन्जना गुरुङ्गको स्वागत तथा क्लबका सचिव सुक बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

