


काठमाडौं,२ कार्तिक। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरुले हवाई टिकटमा छुटसुविधा पाउने भएका छन् ।
आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरुबीच भाडा छुटको सहमति भएको छ। जसपश्चात प्राधिकरणले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरुले हवाई टिकटमा छुट दिने निर्णय गरेको हो ।

बैठकले ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ।
बैठकले जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। उक्त निर्णय आइतबारबाट लागु हुने गरी निर्देशन भएको छ।

