
भैरहवा, ९ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान थालेको छ।
०८१ कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित गरेको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिना अघिनै स्विकृत भएसँगै आईतबारबाट उडान सेवा सुरु भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एशियाले हप्ताको दुई दिन आईतबार र बुधवार बैंक–भैरहवा–बैंकक सिधा उडान सेवा थालेको छ ।
उनले आईतबार दिउँसो १२:१५ बजे १७ याुत्रसहित बैंककबाट आएको विमान भैरहवाबाट १६७ जना यात्रु लिएर १:१५ बजे बैंकक प्रस्थान गरेको जानकारी दिए।
नेपाल एयरलाईन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ। विगतमा भैरहवा विमानस्थलबाट नेपाल एयरलाईन्सका साथै कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरवेजले उडान भर्दै आएका थिए ।

