
काठमाडौं,९ कार्तिक । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा डा. सुधा शर्मा र बब्लु गुप्ता रहेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।
Advertisement

Advertisement
Advertisement

प्रधानमन्त्री कार्कीले मन्त्रीमा सिफारिस गरेको मध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा आएर रोकिएको हो ।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस भएको थियो। तर सुनारका अनेक काण्ड बाहिरएपछि शपथ ग्रहण रोकिएको हो भने श्रेष्ठको शपथ रोकिनुको कारण खुलिसकेको छैन।

