


काठमाडौं,१२ कार्तिक। नेपाली सेनाले हिमाली क्षेत्र भएको हिमपातसँगै फसेका परेका एक हजार पाँच सय नागरिकको उद्दार गरेको छ ।
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले सोमबारदेखि भएको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नागरिकहरुको उद्दार गरेको हो।

दुई सयभन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० जनाको उद्दार गरिएको सैनिक मुख्यालयले जनाएको छ।
स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानीयहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरिएको सेनाले जनाएको छ।

