


काठमाडौं,१२ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएका प्रहरीलाई स्पष्टिकरण सहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ ।
विभिन्न पदमा कार्यरत प्रहरी आफुखुशी गैरहाजिर भएको र खोजतलास गर्नुका साथै प्रक्रिया अनुसार सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकोले उपस्थित हुनका लागि प्रधान कार्यालयले बुधवार सूचना जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले जारी गरेको सूचना अनुसार ०८२ साउन ६ देखि असोज १ गतेसम्म कार्यालय सहयोगी देखि प्रहरी हवल्दार तहसम्मका कर्मचारीहरु सगँठनको सम्पर्कमा छैनन्।
सबैभन्दा बढी प्रहरी जवान सम्पर्कबिहिन छन्। प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत १५ जना कर्मचारीहको नामसहितको विवरण सार्वजनिक गर्दै उपस्थित हुन निर्देशन दिएको हो। स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए प्रक्रिया अनुसार सेवाबाट हटाउने कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।


