


काठमाडौं,१२ कार्तिक। नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा बुझाएका छन्।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले बुधवार आइजिपीको सचिवालयमा राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामा स्विकृत हुन बाँकी रहेको बुझिएको छ।

पारिवारिक कामको कारणले राजीनामा दिएको पत्रमा उनले उल्लेख गरेका छन् । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए । उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका थिए।
कमेन्ट गर्नुस्

