


भैरहवा, १३ कार्तिक। रुपन्देहीको रोहिणी गाउँपालिकामा साढे पाँचसय जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिने भएको छ।
पालिकाको ६ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गधनी प्रमाणपूर्जा कार्तिक १४ गतेदेखि वितरण गरिने भएको हो ।

लामो समयदेखि लालपूर्जा नपाएका नागरिकले लालपूर्जा पाउन लाग्दा खुसीको अनुभुति गरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए।
यसअघि २०८१ असोजमा पालिकाको ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको ४५० जनालाई लालपूर्जा वितरण गरिएको थियो।
कमेन्ट गर्नुस्

