
काठमाडौं,१३ कार्तिक । देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव परेको छ।
Advertisement

Advertisement
Advertisement

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू(भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू(भागमा सामान्य बदली रहनेछ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ। महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ। वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

