
काठमाडौं,१३ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने चर्चासँगै प्रधानमन्त्रीको कार्यालयले यस विषयमा ध्यानार्कषण भएको जनाएको छ ।
बिहीवार प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने बताइएको छ।
Advertisement

Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए।
सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै छ।’
अहिलेको संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन अनुरोध गरिएको छ।

