
भैरहवा, १८ कार्तिक। डेडिकेटेड तथा ट्रंक लाइनको विवादले काटिएको लाइन चार वटा उद्योगमा जडान गरिएको छ । विद्युत महसुल बक्यौताको पहिलो किस्ता भुक्तान गरेपछि चार वटा उद्योगमा लाइन जडान गरिएको हो ।
डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काटेको थियो । जसअनुसार भैरहवा–बुटवल औद्योगिक कोरिडरमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लाष्टिकले पहिलो किस्ता भुक्तान गरेपछि विद्युत लाईन जडान गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहूले नियमन आयोगमा मुद्दा दर्ता गरेर कानूनी लडाई लड्दै उद्योग सञ्चालनका लागि पहिलो किस्ता तिरेर उद्योगमा लाईन जडान गरिएको बताए।
प्राधिकरणका अनुसार उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रुपैयाँ, सिद्धार्थ पेटप्लास्टको १ करोड ८३ लाख रुपैयाँ र श्याम प्लाष्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ।
रुपन्देहीमा लाईन काटिएको १३ वटा उद्योगमध्ये ९ वटा उद्योगको लाईन अझै जडान भएको छैन। लाईन जडान हुन नसक्दा उद्योगमा उत्पादन ठप्प हुन पुगेको छ भने श्रमिकहरु बेरोजगार भएका छन् ।

