
काठमाडौं,२३ कार्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन्।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेटम सकिएको र भत्काउन लागेको भन्दै सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले मन्त्री गुप्ताले पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन्। पौडेल मेयर साह निकट मानिन्छन्।
प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने आश्वासन दिए। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको पनि बताए।

