


पर्वत, २५ कार्तिक । पर्वतमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मोदी गाउँपालिका–६ दराकका ५१ वर्षीय जित बहादुर विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादवका अनुसार बलात्कार मुद्दामा जिल्ला कारागारबाट सोमबार निस्किएका जितबहादुरले राति ५२ वर्षीया सीता बिकलाई कुटपिट गरी सिरक ओढाएर घरमा राखेका थिए ।

घटनाबारे जानकारी प्राप्तपछि प्रहरीले अचेत अवस्थामा रहेकी सीताको उपचारका लागि अस्पताल पठाएको र जितबहादुरलाई नियन्त्रणमा लिएको थियो । प्रदेश अस्पताल पर्वतमा उपचारको क्रमममा मंगलबार बिहान सीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

