
भैरहवा, १ मंसिर। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले स्वकीय सचिवालय विघटन गरेका छन्।
सभामुख घर्ती मगरले जारी गरेको सूचनामा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख छ।

सचिवालयका सबै सदस्यहरु मंसिर १ देखि लागु हुने गरी हटाइएको छ । सचिवालयमा स्वकीय सचिव, सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी पाँच जना थिए ।

