


काठमाडौं,१ मंसिर। वैदेशिक रोजगारीका लागि कतार पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–५ का ४४ वर्षीय आनन्द कुमार साह रहेको प्रहरीले जनाएको छ ।

साहले रोजगारीका लागि कतार लैजाने भन्दै रकम लिएर सम्पर्कबिहिन भएपछ पीडितले उजुरी दिएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताइएको छ ।
कमेन्ट गर्नुस्

