
काठमाडौं,२ मंसिर। विप्लव नेतृत्वको पार्टीको नाम फेरिएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको छ । यस अघि उनको नेतृत्वमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी थियो ।
पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिएका छन्। पार्टी दर्ता भएसँगै पार्टीको चुनाव चिन्ह गुलाफको फुल रहेको छ ।
Advertisement

Advertisement
Advertisement

विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । माओवादी जनयुद्धमा सहभागी भएका विप्लव शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिने स्वरुप आयोगमा पार्टी दर्ता गराएका हुन्। यस अघि २०७०, ०७४ र ०७९ सालको चुनाव उनको नेतृत्वको पार्टीले बहिष्कार गरेको थियो ।
एकीकृत जनक्रान्ति असफल भएपछि उनले निर्वाचनलाई क्रान्तिको फरक मोर्चाका रुपमा व्याख्या गरेका छन् ।

