


काठमाडौं,८ मंसिर। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको सक्रियताका कारण अन्य राजनीतिक दलहरुमा पनि ऊर्जा थपिएको बताएका छन्। सोमबार बसेको जनपरिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक गतिविधि बढेसँगै अराजकता घटने बताए ।
मुलुकमा हाल देश बनाउने शक्ति र देश जलाउने प्रवृत्तिबिच ध्रुवीकरण भएको उनको भनाई छ। ‘एमालेका कारण अरु दललाई पनि ऊर्जा थपिएको छ। एमालेलाई जस दिनु र नदिनु फरक कुरा हो। जति राजनीतिक गतिविधि बढ्छन्, त्यति देशमा अराजकता घट्छ। एमाले फेरि लयमा फर्किएको छ’, उनले भने।

बैठकमा बागमती प्रदेश इन्चार्ज तथा जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले भदौ २७ गते हुने महाधिवेशनको उद्घाटन सत्र तथा जनसभालाई ऐतिहासिक बनाउने तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिए ।

