


काठमाडौं,८ मंसिर। नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ईश्वर कार्कीलाई बढुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने समेत निर्णय गरेको हो।

दानबहादुर कार्की आईजीपी भएपछि कात्तिक २६ गतेदेखि उपत्यका प्रहरी प्रमुख रिक्त थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए। मन्त्री अर्याल सोमबार मन्त्रिपरिषद् बैठकअघि नै भैरहवा आएका थिए। उनको अनुपस्थितिमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो।
कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए ।

