


काठमाडौं, १० मंसिर। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागीताका लागि दल दर्ताका लागि आज अन्तिम दिन रहेको छ।
निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्म निर्वाचनका लागि दल दर्ता गर्ने समय तोकेको थियो। जसअनुसार दल दर्ता गर्ने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको संख्या कांग्रेस, एमालेसहित ८० वटा पुगेको छ। दर्ता भएका दलहरुले आगामी फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन्।
कमेन्ट गर्नुस्

