
काठमाडौं,१० मंसिर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरवार घेरेर मात्र देश विकास नहुने भन्दै युवाहरुलाई कार्यशैली सुधार्न आग्रह गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरवार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरुको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फागुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरुलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।’
Advertisement

Advertisement
Advertisement

मन्त्री पुनले बुढा नेताहरु लोभी पापी र स्वार्थी समूहहरुले घेरिएकोले देशको संयन्त्रहरु बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

