


काठमाडौं,१४ मंसिर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का ६ जना वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्। अध्ययन बिदा सकिएको लामो समयसम्म पनि उनीहरु सम्पर्कविहीन भएका हुन्।
अच्युत मिश्र, नविनकुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी, दिनेश बाबु थापामगर, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ सम्पर्कविहीन छन्।

परिषद्ले आइतबार सूचना जारी गर्दै उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको जनाएको छ। अध्ययन बिदा सकिएको लामो समयसम्म पनि उनीहरु अनुपस्थित रहेका छन्। उनीहरुलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले निर्देशन दिएको छ ।

