
भैरहवा,२१ मंसिर। रुपन्देहीको भैरहवामा आयोजना गरिएको ७ औं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) सकिएको छ ।
उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ मंसिर ३ देखि मङ्सिर २१ गतेसम्म आयोजना गरेको महोत्सवमा करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
Advertisement

Advertisement
Advertisement

महोत्सवमा १ लाख २० हजार दर्शकले अवलोकन आयोजक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।
स्थानीय उत्पादन र बजार प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा ३ सय वटा स्टल राखिएका थिए। यसपटक नेपालमै पहिलो पटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल महोत्सवको मुख्य आकर्षण बनेका थिए।
समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की र खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले महोत्सवले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन र पर्यटन प्रबद्र्धनमा मद्दत पुर्याएको बताए।
भैरहवामा स्थायी प्रदर्शनी मण्डप नहुँदा वर्षेनी अस्थायी संरचनामा ठूलो रकम खर्चिनु परेको अध्यक्ष रोक्काले बताए ।

