


काठमाडौं,२६ मंसिर। नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा दरखास्तका लागि आह्वान गरेको हो।

खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
हेर्नुहोस् सूचना:


