
कैलाली,१ पुस। रिपोर्टिङ गरिरहेको पत्रकारलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनको प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा २८ वर्षीय मनीष श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

घटना धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा भएको थियो। महोत्सवबारे बोलिरहेकी पत्रकार चन्दमाथि पछाडिबाट आएका एक अपरिचित युवकले नियतवश जोरले धक्का दिएको दृश्यको भिडियो सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो।
पत्रकार चन्दले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मनीष श्रेष्ठ पाल्पा स्थायी घर भई धनगढीमा डेरामा बस्दै आएका गाडी चालक रहेको कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए।
घटनामा संलग्न श्रेष्ठलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

