
काठमाडौं, ३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका हुन् ।
ओलीले दुई तिहाई १६६३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वार्चित भएका हुन् । उनका प्रतिद्धन्द्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे। यस अघि नवौं र दशौं महाधिवेशनमा पनि अध्यक्षमा ओली नै निर्वाचित भएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए।
यस्तो छ निर्वाचित पदाधिकारीको सूची :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

