


काठमाडौं, ५ पुस । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्रको विभाजन अस्वीकार्य रहेको स्पष्ट पार्दै आत्मसमर्पण पनि मन्जुर नहुने बताएका छन्।
एमालेको ११औँ महाधिवेशनपछि आफ्ना पक्षका नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिप्रति असन्तोष प्रकट गरे। ओलीको आफू नै एमाले हो भन्ने भनाइ उचित नभएको बताए ।

‘म जे बोल्छु, त्यहीँ हो एमाले भनेको सुन्दा नि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न, यो के भनेको हो ? विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन,’ पोखरेलले भने।
नेतृत्वले आफ्ना कमीकमजोरी स्वीकार नगरेमा कम्युनिस्ट पार्टी नै सकिने उनको भनाइ थियो।

