


भैरहवा,६ पुस। जिल्ला अदालत रुपन्देहीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जोशी पूर्पक्षका लागि थुनामा थिए।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ।

थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो।
उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतले विभिन्न सर्तहरुसहित पुस ३ गते थुनामुक्त गर्ने आदेश दिएको थियो ।

