
भैरहवा,१३ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका-६ दुर्गौलियास्थित ईट्टा उद्योगमा विस्तरामा दिसा गरेको कारण कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको श्रावस्ती जिल्ला भिनगा थाना-९ का २० वर्षीय छोटुराम हरिजन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार साहु ईट्टा उद्योगमा कार्यरत हरिजन विरामी भएपछि सुत्ने विस्तरा तथा पाईन्टमा दिसा गर्ने गरेको कारण मृतकका भाई, बहिनी समेत तीन जनाले कुटपिट गर्दा उनी घाइते भएका थिए । गम्भिर घाइते भएका हरिजनलाई उपचारका लागि भीम अस्पताल ल्याउँदा चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घटनामा संग्लन आरोपमा प्रहरीले मृतकका भाई भारतको श्रावस्ती जिल्ला भिनगा थाना ९ का १८ वर्षीय शिव शंकर, सोही स्थानको बहिनी २० वर्षीया पतर्की भन्ने शायजहा र ३५ वर्षीय सिराज कसगरलाई पक्राउ गरेको छ।
पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

