
काठमाडौँ, १५ पुस । काठमाडौं उपत्यका प्रहरी कार्यालयले योजना बनाएर गरिएको हत्याको सफल अनुसन्धानको गरेको भन्दै दुई जना डीएसपीसहित ७ जनालाई पुरस्कृत गरेको छ ।
गत मंसिर अन्तिम साता ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा सिन्धुलीका केशवराज हायु र पारुहाङ राईको हत्या गरिएको थियो ।
Advertisement

Advertisement
Advertisement

उपत्यका प्रहरी कार्यालयका एसएसपी एंव प्रवक्ता प्रवीण धितालका अनुसार सोही घटनाको सफल अनुसन्धान गरी निश्कर्ष पुर्याउने उपत्यका अपराध अनुसन्धान कार्यालले डीएसपीद्धय बेदबहादुर पौडेल, पञ्चलाल गोले, इन्सपेक्टर शिव थापा, दुई जना सई, एक जना असई र हवल्दार गरी सातजनालाई पुरस्कृत गरिएको हो । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् ।
गत मंसिर २४ गते महालक्ष्मी नगरपालिकाको शेराफाँट स्थित फार्म हाउसको इनारामा केशवराज हायु र २५ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा पारुहाङ राईको शव बरामद भएको थियो ।
प्रहरीले हत्यामा संलग्न आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको थियो।
पक्राउ परेका देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख रुपैयाँ सापटी लिएका थिए। सोही रकम नर्तिनका लागि देवराजले जयरामको सहयोगमा योजना बनाएर दुवै जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

