


काठमाडौं, १६ पुस । प्रहरीले पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्नेहरुलाई पक्राउ गरेको छ ।
काठमाडौंको चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि लुटपाटको गुनासोपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका १३ का २८ वर्षीय का अमृत खड्का, पर्साको बहुदरमाई नगरपालिका विश्रामपुरका १९ वर्षीय अकलेश साह, सोही स्थानका ३१ वर्षीय दिनेश पटेल, काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का १९ वर्षीय सुजन तामाङ, रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रविन ओली रहेका छन् ।
त्यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका १९ वर्षीय रोजन तामाङ, कञ्चनपुरको जितेन्द्र सिंह विक, धनकुटाको रोशनी राई, झापाको भद्रपुर नगरपालिकाका तिर्थ राजवंशी, उदयपुर त्रियुगा नगरपालिकाको रचना मगर, सुर्खेतका जेनिसा थापा र झापा काकडभिट्टाकी ३० वर्षीया संगिता तामाङ रहेका छन्।
पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

