
भैरहवा, २९ पुस । भारतमा अवैध रुपमा भन्सार छलेर भित्राइएको मोबाइलको प्राईभेसी ग्लास प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका-९ ईट्टाभट्टीस्थित वेवारिसे अवस्थामा यूपी ५६ एन ६९२५ नम्बरको मोटरसाइकलमा रहेको चार हजार थान मोबाइलको प्राईभेसी ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जनाए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार बरामद सामग्री १२ लाख मूल्य बराबरको रहेको छ । बरामद सामग्री र मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

