
काठमाडौं,४ माघ ।घुस असुलीको आरोपमा दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरुमाथी दुई लाख रुपैयाँ लिएको आरोप छ ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेका दुवै जना प्रहरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

