
काठमाडौं,७ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर ‘कल सेन्टर’ संचालनमा ल्याएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संचालनमा ल्याइएको कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिनेछ ।
Advertisement

Advertisement
Advertisement

आयोगले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन्। यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
कमेन्ट गर्नुस्

