
स्याङ्जा,७ माघ। स्याङ्जा प्रहरीले बन्दुक-बारुदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका-३ सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी, ६५ वर्षीय मिनबहादुर पुलामी र रणबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी विरुवाबाट खटिएको टोलीले पक्राउ परेका तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद भएको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मिनबहादुरको घरबाट एक नाल भरुवा बन्दुक एक थान, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ भने रणबहादुरको घरबाट एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५ थान केप बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ३ जनामाथि कानुन बमोजिम कानुनी कारबाही प्रक्रियाअघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्नराज चौधरीले जनाए।

