
भैरहवा, ७ माघ। रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी तथा दावी बिरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंगलबार जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १ सय ५७ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारको मनोेनयन दर्ताको सम्बन्धमा उजुरी तथा दाबी बिरोध भए बुधवारका लागि समय तोकिएको थियो ।
Advertisement

Advertisement
Advertisement

कार्यालयबाट प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जनाले उम्मेदवारी दिएका थिए । जिल्लामा कुल १ सय ५७ जनामध्ये ६३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

