


काठमाडौं,१३ माघ। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थामार्फत खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
निर्वाचन आयोगको अनुरोधपछि नेपाल राष्ट्र बैंकले पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो।

बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ।
प्रत्येक राजनीतिक दल तथा उक्त दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।

