
काठमाडौं,१६ माघ । निर्वाचन आयोगले मिथ्या–भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी र कारबाही प्रक्रिया बढाएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिएको पाइएपछि आयोगले निगरानी र कारवाही प्रक्रिया बढाएको हो ।
Advertisement

Advertisement
Advertisement

आयोग अन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइले ३०२ मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको पहिचान गरेको छ।
मिथ्या र भ्रमपूर्ण सूचनाहरु निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

