
भैरहवा,१ फागुन । रुपन्देहीको सीमानाकासँगै जोडिएको भारतको सोनौलीमा भारतीय सुरक्षाकर्मीहरुले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेका छन् ।
विशेष सूचनाको आधारमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले ७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
Advertisement

Advertisement
Advertisement

नौतनवाका क्षेत्राधिकारी अंकुर गौतमका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका आरोपीहरुले नेपालको बाटो हुँदै गाँजा भारत भित्राइएको र यसलाई भारतका अन्य राज्यहरुमा आपूर्ति गर्ने योजना रहेको स्वीकार गरेकाा छन् ।
सुरक्षा निकायहरुले यस गिरोहको सम्बन्ध कुनै ठूलो अन्तर्राष्ट्रिय तस्करी नेटवर्कसँग छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् भने गिरोहको सञ्जाल पत्ता लगाउन आरोपीहरुको मोबाइल फोन र अन्य कागजातहरुको प्राविधिक जाँच समेत भइरहेको छ।
रूपन्देहीसँग जोडिएको सीमा क्षेत्रमा लागुऔषध तस्करी सुरक्षा निकायका लागि लामो समयदेखि चुनौतीको विषय बन्दै आएको छ।

