
भैरहवा,५ फागुन। रुपन्देहीको ओमसतिया गाउँपालिकामा मंगलबारदेखि ‘तेस्रो उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता’ सुरु भएको छ।
स्थानीय महिलाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरुको सशक्तिकरण गर्ने र लुकेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् ।
Advertisement

Advertisement
Advertisement

महिलाहरुलाई सामाजिक गतिविधि तथा खेलकुदमा पनि अब्बल बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उनले बताइन् ।
प्रतियोगिताका संयोजक कमल प्रसाद शर्माका अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका कुल ८ वटा टिमले सहभागिता जनाएका छन्।
जसमा वडा नम्बर १ बाट दुईवटा टोली, अन्य वडाहरुबाट एक–एक वटा टोली र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुको एउटा टोलीबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
बुधबारसम्म संचालन हुने प्रतियोगिताले महिलाहरुलाई सामाजिक तथा खेलकुदका गतिविधिमा सक्रिय हुन थप प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।

