


काठमाडौं,१२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, मतदान सकिए पश्चात मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ। मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने योजना रहेको उनले बताए । समानुपातिकतर्फको मतपरिणाम एकदुई दिन लाग्न सक्ने बताइएको छ।

आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको र हाल कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जनाएको छ।

