


काठमाडौं,१३ फागुन । नेपालको स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १४ हजार ८०० कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला सोही मूल्यमा खरिदबिक्री भएको थियो।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। महासंघका अनुसार १२० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट गर्नुस्

