
भैरहवा, १३ फागुन। प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले जनसमर्थन जुटाउँदै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न स्थानमा र्यालीको निकालिएको छ। सयौँको संख्यामा रहेका मोटरसाइकल सवार कार्यकर्ता र समर्थकहरुले नगर तथा गाउँ परिक्रमा गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै उनले क्षेत्रका विभिन्न वडा तथा बस्तीमा घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल समेत गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा बोहराले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै आफू निर्वाचित भए कानुन, नीति निर्माण तथा विकासका कार्यहरु कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कृषि, रोजगारी, पूर्वाधार विकास, युवा उद्यमशिलता, सुशासन लगायतलाई प्राथमिकतामा राखेको बताएका छन्।
स्थानीय व्यवसायी, किसान तथा महिला समूहसँगको भेटघाटमा बोहराले विकासका योजना कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्ने अठोट दोहोर्याएका छन्।
रुपन्देही–३ मा प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला बोहराले मतदाताको विश्वास जित्दै गइरहेको राप्रपाले जनाएको छ।

