Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही–१ मा प्रज्जवलको कृषि प्राथमिकता: ‘किसानको पसिना खेर जान दिँदैनौं’
    राजनीति

    रुपन्देही–१ मा प्रज्जवलको कृषि प्राथमिकता: ‘किसानको पसिना खेर जान दिँदैनौं’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन १४, बिहीबार ११:०५ गते
    advertisement
    advertisement
    advertisement

    धकधई,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले व्यवसायिक कृषि प्रवर्द्धनदेखि किसानलाई उचित मूल्य र बजार सुनिश्चिततासम्मका विषयलाई प्रतिवद्धताको केन्द्रमा राखेका छन्।

    बोहराले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने योजना अघि सारेका छन्। ‘अब कृषिलाई निर्वाहमुखी होइन, आम्दानीमुखी बनाउनु पर्छ,’उनले भने,‘व्यवसायिक कृषि प्रवर्द्धनमार्फत युवालाई समेत खेतबारीमै आकर्षित गर्ने वातावरण मैले बनाउँछु।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य नपाउने समस्या दीर्घकालीन समस्या बनेको छ। त्यसलाई समाधान गर्न स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरी स्थायी बजार संरचना विकास गरिने उनले बताए। ‘किसानले उत्पादन गर्‍यो, तर बजार पाएन भने त्यो अन्याय हो,’ उनी उम्मेदवार बोहरा भन्छन्, ‘हामी किसानलाई उचित मूल्य र बजार सुनिश्चितता दिन ठोस पहल गर्छौं।’

    सिँचाइ अभाव, भण्डारणको कमी र आधुनिक प्रविधिमा पहुँच नहुँदा किसानले भोग्दै आएको समस्या समाधानका लागि पनि योजनाबद्ध कार्यक्रम ल्याउने उनको दावी छ। विशेष गरी सिँचाइ विस्तार, चिस्यान केन्द्र स्थापना र आधुनिक कृषि उपकरणमा सहुलियत दिने योजना अघि सारिएको उनले उल्लेख गरे।

    खाद्य सुरक्षालाई राष्ट्रिय स्वाभिमानसँग जोड्दै बोहराले आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्। ‘हामीले उत्पादन गर्न सक्ने वस्तु विदेशबाट ल्याउनु परिरहेको अवस्था अन्त्य गर्नुपर्छ,’उनले भने, ‘आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउने दिशामा नीतिगत पहल गरिन्छ ।’

    रुपन्देही–१ कृषिको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध लगानी र नीति सहयोग भए आत्मनिर्भरता सम्भव रहेको उनको विश्वास छ । चुनावी मैदानमा रहेका बोहराले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित गर्ने दाबी गर्दै मतदातासमक्ष समर्थन मागिरहेका छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रज्जवल बोहरा प्रतिनिधिसभा निर्वाचन राप्रपा राप्रपा उम्मेदवार रुपन्देही निर्वाचन रुपन्देही१
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.