
लुम्बिनी, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै रुपन्देही–५ मा निर्वाचनको सरगर्मीको बढेको छ।उम्मेदवारहरु आफ्नो एजेण्डका साथका मतदाताको घरदैलोमा पुगेर मत माग्ने देखि चुनाव जित्नका लागि रणनीति बनाउनमा व्यस्त छन् । क्षेत्रका बजार–चोकहरु चुनावी चर्चा–बहस जारी छ । सबैले आ–आफ्नो अंकगणित लगाइरहेका छन् ।
यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान, नेकपा (एमाले) का खिमलाल भट्टराई, नेपाली कांग्रेसबाट भरत कुमार शाह, नेपाली कम्युनिष्ट पार्टीबाट मुहम्मद वकिल मुसलमान लगायत दल र स्वतन्त्र गरी २७ जनाले उम्मेदवारी दिएका छन् । स्थानीयवासीका अनुसार, क्षेत्रमा रास्वपा, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रास्वपा, एमाले, कांग्रेस र नेकपामध्ये रास्वपाका उम्मेदवार खान सबैभन्दा युवा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको विवरण अनुसार, कांग्रेसका उम्मेदवार शाहको उमेर ७१ वर्ष पुगेको छ । उनी क्षेत्रमा दशकौं देखि राजनीति गर्दै आएका छन्।
उनले केही विकास गरेका छन् भने विगतका निर्वाचनमा मतदातासँग गरेको वाचा पुरा नगर्दा भरोसा तोडेको स्थानीयहरु बताउँछन् । क्षेत्रमा कंचनवा (कंचन) बाँधको पानी कृषकको खेत–खेतमा पुर्याउने उनले वर्षौअघि गरेको वाचा अहिले सम्म पुरा नभएको क्षेत्रमा अझै पनि चर्चा छ । कांग्रेस उम्मेदवार शाह तीन पटक सांसद, अर्थ राज्य मन्त्री, सार्वजनिक लेखा समितिका सभापति भइसकेका व्यक्तित्व हुन् ।
त्यस्तै ५५ वर्षको उमेरमा एमालेका उम्मेदवार भट्टराई पनि चुनावी मैदानमा छन् । ०७९ मा चुनाव लड्न तयारी गरेका भट्टराईलाई तिलोत्तमा नगरपालिकाबाट गएका वासुदेव घिमिरेले उछिन्दै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि भट्टराईले उनलाई साथ दिएर चुनाव जिताएका थिए।
स्थानीयका अनुसार, त्यतीबेला उनले वासुदेव र खिमलाल एउटै हुन् भन्दै वासुदेवका लागि मतदातासँग मत मागेका थिए । वासुदेव क्षेत्रमा नयाँ रहेकोले खिमलालसमेतको विश्वासमा मतदाताले उनलाई मतदान गरी निर्वाचित गराएका थिए । निर्वाचित भएपछि एमाले र वासुदेवले क्षेत्रमा ठोस काम नगरेको स्थानीयहरुको भनाई छ । वासुदेवले क्षेत्र बिर्गादा राष्ट्रिय सभा सदस्य भइसकेका खिमलाललाई अहिले आफैका लागि हम्मेहम्मे परेको बुझिएको छ ।
त्यस्तै ०६४ मा चुनाव जितेर वनमन्त्री भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मुहम्मद वकिल मुसलमान पनि ५७ वर्षको उमेरमा दौडधुप गरिरहेका छन् । वनमन्त्री हुँदा आफ्नै गाउँवरीपरी समेत विकास गर्न नसकेको सरोकारावालाहरु बताउँछन् ।
यता रास्वपाबाट ३८ वर्षीय उम्मेदवार तौफिक अहमद खान आफ्नो नयाँ भिजनका साथ मैदानमा छन् । परिवर्तनका लागि मत माग्दै पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनी कानुन, नीति निर्माण देखि विकाससम्मका कार्यहरु आफुले गरेर देखाउने वाचा गरिरहेका छन् ।

