


भैरहवा, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमानाकाहरु बन्द गरिएको छ ।
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमानाकाहरु ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

प्रशासनका अनुसार, सोमबार राती १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राती १२ बजेसम्मका लागि सीमानाकाहरु बन्द गरिएको हो । सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइएको छ भने निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

