


काठमाडौं,१९ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण नगर्न सर्वसाधरणहरुलाई आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आयात नियमित रहेकाले अनावश्यक भण्डारणले दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेका हुन् ।

उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रुपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’
पेट्रोलियम पदार्थको अनावश्यक रुपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको निगमले जनाएको छ ।

