


भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनिया निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार, २८ हजार ६६ मतका साथ निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवलाई पराजित गर्दै बनिया निर्वाचित भएका हुन्। यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६ सय १३ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार सर्वेन्द्र नाथ शुक्लाले ३ हजार चार सय १० मत ल्याउँदै चौथो स्थानमा सीमित भए । कुल १ लाख १६ हजार १७२ मतदाता भएकोमा ७७ हजार ५८ मत खसेको थियो ।

