


काठमाडौं,२९ फागुन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरलाई केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् ।
शुक्रवार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मोहनप्रसादको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहनप्रसादको झापास्थित घरमा पनि आगजनी गरिएको थियो। त्यसयता उनी गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए ।

