
भैरहवा,१७ चैत। रुपन्देही प्रहरीले अवैध रुपमा माटो उत्खनन तथा ओसारपसार गरिरहेका सवारी साधनहरु नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं. २ कलुवा स्थित दानव नदी क्षेत्रबाट अवैध रुपमा माटो उत्खनन भइरहेको अवस्थामा जेसीबी, टिप्पर र एस्काभेटर सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिकाको कार्यालयमा पठाइएको थियो । उक्त कार्यमा संलग्न पक्षलाई ३ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

